इन्द्रेणी संवाददाता
दाङ, ६ साउन । प्रतिनिधीसभा सदस्य सुजिता शाक्यले मानव जीवन प्रकृतिसँग निर्भर रहेकाले प्रकृति संरक्षणमा ध्यान दिन जरुरी रहेको बताएकी छन् ।
उनले रोपिएका विरुवालाई संरक्षण गर्नु नै जीवन संरक्षण गर्नु भएको भन्दै चोरी, तस्कारी र विनासलाई पूर्णरुपमा रोक्न उपभोक्ताहरु नै सचेत हुनुपर्ने बताइन् । अब वनलाई आम्दानीसँग जोड्नुपर्ने र बैज्ञानीक ढंगबाट वनको संरक्षण र व्यवस्थापनमा ध्यान दिनुपर्ने पनि धारणा राखेकी थिइन् ।