दाङ, ६ साउन । डिभिजन वन कार्यालय दाङले वन पुनःस्थापना अभियान थालेको छ । विभिन्न कारणले वन विनास भई खाली भएका वन क्षेत्रहरुमा बृहत्तर बृक्षारोपण अभियान थालेर वन पुनःस्थापना अभियान थालेको डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले बताए ।
दाङका विभिन्न स्थानमा रहेका सामुदायिक वन तथा नदी उकास क्षेत्र संरक्षण गरी वृक्षारोपण गरिएको हो । डिभिजन वन कार्यालय दाङले वन पैदावारको सरंक्षण र हरित क्रान्तिका लागि पर्यावरणीय, पर्यापर्यटनको विकास तथा आय आर्जनमुखी विरुवा रोपण गर्दै स्थानीय उपभोक्तालाई जागरुक बनाउन वर्षायाम शुरु भएयता विभिन्न स्थानमा गरी वन वनस्पति तथा जुडिबुटी प्रजातिको विरुवा रोपण गरेको हो ।
वन संरक्षण गरी आयआर्जनको रुपमा वनलाई प्रयोग गर्न सामुदायिक वन समुहका उपभोक्तालाई कृयाशील बनाउँदै विरुवा रोपण थालेको छ ।