Indrenionline.com

वन संरक्षणलाई व्यवसायसँग जोड्न आवश्यक

दाङ, ४ साउन । जिल्ला वन क्षेत्र समन्वय समिति दाङको समन्यात्मक बैठक आज आइतवार घोराहीमा भएको छ । डिभिजन वन कार्यालय दाङको आयोजनामा बैठक भएको हो ।

जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा बसेको बैठकले डिभिजन बन कार्यालयले आर्थिक वर्ष २०७६/०७७मा गरेका कामको समीक्षा समेत गरिएको थियो ।

बैठकमा सहभागीहरुले वनले जिल्लामा महत्वपूर्ण काम गरेको बताएका थिए । वर्षाैदेखि खाली रहेको, अतिक्रमण परेको जग्गालाई बन क्षेत्रमा ल्याउने गरी गरिएको वृक्षारोपनले बवई क्षेत्र संरक्षण मात्रै हैन जिल्लालाई नै हराभरा बनाउने काम भएको बताएका थिए ।

कार्यालय वन उपभोक्ताहरुलाई आर्यआर्जनमा लैजान गरेको टिमुर, चिउरी लगायत फलफुलका विरुवा प्रदान गर्दा पहाडी क्षेत्रमा राम्रो प्रभाव परेको बताएका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य अमर बहादुर डाँगीले ज्ञान र अनुभवलाई श्रमसंग जोडेर समृद्धि तर्फ लैजानुपर्ने वताए । उनले जल जंगल जमिन संरक्षण हुदा मानवीय बातावरण बन्ने र अधिकार समेत स्थापित हुने बताए । वन यसतर्फ यहाँहरु जानु भएको छ यसलाई निरन्तारता दिनुपर्ने बताए । उनले कार्यालयले लगनशीलता, नविनता र उपयोगिता निर्माण गरेको बताए ।

घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बन संरक्षण अभियान राम्रो भएको र यसलाई व्यवसायसँंग जोडनुपर्ने बताए । उनले टिमुर, चिउरी, फलफुल र अन्य विरुवालाई नागरिकले आम्दानीमा लैजाने गरी विरुवा व्यवस्थापन गर्नु पर्ने बताए । कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्मा, घोराहीका उपप्रमुख सिता सिग्देल न्यौपाने, बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्त बहादुर वली, दंगीशरण गाउँपालिकाका उपाध्यक्ष पिमा खड्का वली, बबई गाउँपालिकाका उपाध्यक्ष सावित्रा विक लगायतकाले वोलेका थिए । कार्यक्रममा डिभिजन वन अधिकृत दिपक ज्ञवालीले कार्यालयले गत आवमा गरेका कामको वारेमा जानकारी गराएका थिए ।