इन्द्रेणी संवाददाता
दाङ, ४ साउन । जिल्ला प्रहरी कार्यालय दाङले चोरीका १० वटा मोटरसाइकलसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई आइतवार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
त्यसैगरी राजपुर गाउँपालिका २ का २२ वर्षिया प्रियतम चौधरी, लमही ७ का २५ वर्षिया पाल्टुराम चौधरी, राजपुर २ का २७ वर्षिया रविप्रताप यादव, सोहीका २७ वर्षिया राजकुमार यादव, घोराही १७ का २३ वर्षिया निरज योगी, लमही ७ का २४ वर्षिया धनिराम चौधरी, घोराही १३ का १८ वर्षिया संजय परियार र लमही नगरपालिका ७ बस्ने २७ वर्षिया हेमन्त गिरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले जानकारी दिएका छन् । उनीहरुले विभिन्न सयममा ती मोटरसाइकलहरु चोरी गर्ने र नम्बर प्लेट परिवर्तन गर्दै विक्री गरेको समेत पाइएको प्रहरीले जनाएको छ । उनीहरुमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नक्कली व्लुबुक बनाउने यातायातका कर्मचारी पनि नियन्त्रणमा
यसैगरी तुलसीपुर यातायात व्यवस्था कार्यालय दाङका कार्यालय सहयोगी तुलसीपुर उपमहानगरपालिका ४ बस्ने ४८ वर्षका कृष्णप्रसाद खनालसहित नक्कली व्लुबुक बनाउने र छाप कृर्ते गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तुलसीपुर उपमहानगरपालिका ६ बस्ने २१ वर्षका अब्दुल सिद्धिकी सोही ठाउँका चक्रबादुर वली, जीवन पोख्रेल र विष्णु घिमिरेसमेतको मिलोमतोमा सरकारी छाप कृर्ते गरी नक्कली ब्लुबुक बनाएको आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुबाट नक्कली छाप, सवारी चालक अनुमति पत्र, विभिन्न व्यक्तिका नागरिकता, निरोगिताको प्रमाणपत्रलगायतका समाग्री प्रहरीले बरामद गरेको जनाएको छ ।
त्यस्तै केही समय पहिले राप्तीको वगरमा पार्किङ गरेर राखेका स्काभेटरमा आगजनी गर्ने कार्यमासंलग्न भएको विप्लव समूहमा आवद्ध मदन केसीलाई पनि पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।