तिर्थराज ज्ञवाली
दाङ, ३० असार । राप्ती गाउँपालिकामा पशु सेवा शाखा तथा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तरगत १२० वटा बाख्रा पाठा वितरण गरिएको छ । जमुना पारी क्रस तथा ८ वटा बोयर जातका पाठा सहित कुल १२० पाठा निशुल्क रुपमा वितरण गरिएको हो ।
गाउँपालिकाको तर्फवाट १२० बाख्राको विमा समेत गरिएको बाख्रा वितरणमा शाखा प्रमुख राज विक्रम चौधरी, पशु सेवा प्राविधिक शेरबहादुर हमाल रिजाल, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका राप्ती संयोजक टिका बस्नेत, पशु स्वास्थ्य प्राविधिक कमल पुल मगर, नायव पशु स्वास्थ्य प्राविधिक हिमा बस्नेत, कर्मचारी नारायण चौधरी लगायतको सहभागीता थियो ।