दाङ, २४ असार । दाङको तुलसीपुरमा गठन भएको रोटरी क्लव अफ तुलसीपुर सिटीको अध्यक्षमा सुरेश हमाल चयन भएका छन् ।
मंगलवार तुलसीपुरमा भएको १३ औ पद हस्तान्तरण कार्यक्रममा हमाललाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरिएको हो ।
त्यस्तै चेयर क्लव एडमिनिष्ट्रेसनमा दिपेश भण्डारी, चेयर सर्विस प्रोजेक्टमा रुपेश शर्मा, चेयर मेम्बरशिपमा सञ्जय पराजुली, चेयर पब्लिक इमेजमा राजिव वली, चेयर टिआरएफमा उज्जवल श्रेष्ठ र मर्यादापालकमा मनोज बस्नेतलाई चयन गरिएको छ ।
क्लबका उपाध्यक्ष शिव श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि रोटरी इन्टर्नेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटानका पूर्व असिष्टेण्ट गभर्नर कुशल तर्तालले रोटरीको भावना र मर्मलाई आत्मसाथ गर्दै सामाजिक कार्यमा एकजुट पर्ने बताएका थिए ।