Indrenionline.com

दाङमा ३८ ओटा सामुदायिक विद्यालय गाभिए

दाङ, २४ असार। दाङमा ३८ ओटा सामुदायिक विद्यालय गाभिएका छन् । स्थानीय तहले सामुदायिक विद्यालयलाई नीतिगत रुपमा एकआपसमा गाभ्ने अभियान चलाएपछि यहाँको तुलसीपुर क्षेत्रका ३२ ओटा र घोराही क्षेत्रका सात ओटा विद्यालय गाभिएका हुन् ।

शिक्षा ऐनले तोकेको भन्दा न्यून विद्यार्थी भएका सामुदायिक विद्यालयहरु गाभिएको शिक्षा विकास तथा समन्वय समितिले जनाएको छ ।
सरकारले हिमाली क्षेत्रका सामुदायिक विद्यालयका एउटा कक्षामा ३०, पहाडी क्षेत्रमा ४० र तराई क्षेत्रमा कम्तीमा पनि ५० जना विद्यार्थी हुनुपर्ने व्यवस्था गरेको छ ।

मर्ज हुने सामुदायिक विद्यालयमध्ये तुलसीपुर उपमहानगपालिकामा समायोजन हुने १३ ओटा विद्यालयमा विद्यार्थीको संख्या शून्य रहेका थिए ।