Indrenionline.com

दाङमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि, कूल संक्रमितको संख्या ५६२ पुग्यो

इन्द्रेणी संवाददाता
दाङ, १५ असार । दाङमा सोमवार थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पिसिआर परक्षिणमा ३६ जना पुरुष र २२ महिलामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक महिला स्वास्थ्यकर्मी, नेपाली सेना र भारत तथा अन्य मुलुकबाट आएकाहरु रहेको प्रतिष्ठानले बताएको छ । सोमवारको रिपोर्टमा गढवा गाउँपालिकाका २२ जना, बबई गाउँपालिकाका १० जना, तुलसीपुर उपमहानगरपालिकाका ८ जना र घोराही उपमहानगरपालिकाका ६ जना रहेका छन् ।

त्यस्तै राप्ती गाउँपालिकाका ५ जना, शान्तिनगर गाउँपालिकाका २ जना र दंगीशरण गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै घोराहीको रिपुमर्दन गणका २ जना नेपाली सेनामा पनि कोरोना पुष्टि भएको छ । दुई साता अघि भारतबाट शव ल्याएर व्यवस्थापनमा खटिएका सेनामाथि कोरोना देखिएको हो । योसँगै दाङमा कोरोना संक्रमितको संख्या ५६२ पुगेकोे छ ।