प्यूठान, १४ असार । नेपालमा हिजो मात्रै प्रवेश गरेको सलह कीरा प्यूठानमा पनि देखा परेको छ ।
सलह कीरा हो कि होइन भनेर अनुसन्धान गर्न कृषि बिज्ञ टोली त्यसतर्फ गएको छ । स्थानीयले ६र ७ हजारको झुण्डमा सलह देखिएको र त्यहाँको मकै बालीमा क्षति पुर्याएको बताएका छन् ।
यसैबीच सलह नेपालमा एक वर्षसम्म रहन सक्ने विज्ञहरुले बताएका छन् । नेपालमा वयस्क र बच्चाको समूहमा प्रवेश गरेको सलह किरा नेपालमा बढीमा एक महिनासम्म रहन सक्ने प्रक्षेपण विज्ञहरुको छ । वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह एक महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्व महानिर्देशक डाक्टर डिल्लीराम शर्माले बताए ।