Indrenionline.com

व्यवसायीहरुलाई फर्म नविरकण सेवा दिदै तुलसीपुर उवासंघ

शरद रेग्मी
दाङ, १४ असार । दाङको तुलसीपुर उद्योग वाणिज्य संघले व्यवसायीहरूको सहजताका लागि प्राईभेट फर्म संकलन गरी घरेलु तथा साना उद्योग कार्यालय दाङमा नविकरण गरिदिने सेवाको व्यवस्था गरेको छ ।

उद्योग वाणिज्य संघको आफ्नो कार्यक्षेत्र भित्रका व्यवसायीहरुको ब्यस्तता लाई मध्यनजर गर्दै सहजता दिन उद्योग वाणिज्य संघको कार्यालयमा प्राईभेट फर्म संकलन गरी घरेलु तथा साना उद्योग कार्यालय दाङमा नविकरण गरिदिने व्यवस्था मिलाएको उद्योग वाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भट्टराईले जानकारी दिए ।

उद्योग वाणिज्य संघले नविकरणको सेवा प्रदान गरिरहेको हुँदा आफ्नो व्यवसायको प्राईभेट फर्म कार्यालयमा उपलब्ध गराउन कार्यालय भट्टाराईले सवैमा आग्रह गरे ।

लामो समयको लकडाउनका कारण ब्यबसायिहरुलाई हिडडुल र सरकारी कार्यालयमा पुग्न समेत कठिनाई भइरहेको सन्दर्भमा कागजातहरु चुस्त र दुरुस्त राख्न उधोग बाणिज्य सघंले भुमिका निर्बाह गरेको बाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावतले बताए । उनका अनुसार अहिले सम्म करिब एक हजार बढी ब्यबसायिक फर्म नबिकरण, पान नम्बर, बिजुली पानी र टेलिफोनको रकम भुक्तानी बाणिज्य सघं मार्फत भइसकेको छ ।