तुलसीपुर । दाङमा उपचारका क्रममा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुुक्रवार परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।
गम्भीर बिरामी अवस्थामा भेटिएकी उनको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई जनप्रतिनिधि र प्रहरीको सक्रियतामा उद्धार गरी अस्पताल लगिएको थियो । रासस