इन्द्रेणी संवाददाता
दाङ, ११ असार । प्रहरीले दाङमा एक जनालाई चोरीका सामग्रीसहित नियन्त्रणमा लिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बस्ने दुर्गा खत्रीको घर फोडी सामान चोरी गर्ने राल्पा रुन्टीगढी गाउँपालिका वडा नं. २ का २४ वर्षीय रमेश पुनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई चोरी गरेको सूचना पाएको १८ घण्टापछि चोरीको सामग्रीसहित पक्राउ गर्न प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।