दाङ, १० असार। कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिम र संक्रमणका बिच पनि सामाजिक उत्तरदायित्व बहन गर्दै नेपाल औषधि थोक व्यवसायी संघ ५ नम्वर प्रादेशिक समिति दाङले जिल्ला प्रहरी कार्यालय दाङ र मातहतका प्रहरी चौकीहरुलाई औषधि र सर्जिकल सामग्री वितरण गरेको छ ।
संघका अध्यक्ष शालिकराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले औषधि थोक व्यवसायी संघले सुरक्षाकर्मीहरुको स्वास्थ्य समस्याप्रति चासो राखेर प्राथमिक उपचार सामग्री प्रदान गरेकोमा धन्यवाद दिएका थिए ।