Indrenionline.com

कोरोना नियन्त्रण गर्न घोराही उपमहानगरपालिकाको ११ करोड ३६ लाख बजेट

इन्द्रेणी संवाददाता
दाङ, १० असार । दाङको घोराही उपमहानगरपालिकाले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण गर्न आगामी आर्थिक वर्षका लागि रू. ११ करोड ३६ लाख बजेट विनियोजन गरेको छ ।

उपमहानगरपालिकाले बुधवार सम्पन्न सातौं नगरसभाबाट सो बजेट विनियोजन गरेको हो । यो बजेटले उपमहानगरपालिकाभित्र आइसोलेशन निर्माण, क्वारेन्टाइन व्यवस्थापन, स्वास्थ्य प्रबन्धगायत कोरोनाबाट नगरवासीको जीवन बचाउने अभियानमा खर्च गरिनेछ ।

थप आइसोलेसन वार्ड निर्माण, क्वारेन्टाइन व्यावास्थापन, प्रवद्र्धनात्मक कार्यक्रम एवं जनशक्ति व्यवस्थापनलगायत स्वास्थ्य क्षेत्रको समग्र विकास एवं गतिशिलतामा सहयोग पुग्ने गरी सशर्ततर्फ रू. ५ करोड २ लाख र निशर्ततर्फ रू. ६ करोड ३४ लाख गरी रू. ११ करोड ३६ लाख विनियोजन गरेको हो ।