इन्द्रेणी संवाददाता
दाङ, १० असार । दाङको घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि रू. १ अर्ब ८५ करोड २२ लाख ९३ हजार बजेट सार्वजनिक गरेको छ ।
नगरसभामा उपमेयर न्यौपानेले उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७६/७७ का लागि रू. १ अर्ब ७८ करोड २९ लाख ६६ हजार बजेट कार्यान्वयनमा ल्याएको जानकारी दिइन् । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम भने जेठ ३२ गते नै सार्वजनिक गरिसकेको छ ।