इन्द्रेणी संवाददाता
दाङ, ९ असार । दाङमा पछिल्लो सयममा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । सोमवार मात्रै जिल्लामा १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
यो सँगै दाङमा कोरोना संक्रमितको संख्या २८५ पुगेको छ । दाङका कोरोना सङ्क्रमितमध्ये ९३ जना निको भएर घर फर्किएका छन् ।पछिल्ला समयमा दाङका कोरोना सामुदाय तहमा पनि संक्रमण देखिएकाले जोखिम बढ्दै गएको छ ।