इन्द्रेणी संवाददाता
दाङ, ८ असार । दाङमा थप एक स्वास्थ्यकर्मीसहित पछिल्लो समयमा ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
आइतवार तुलसीुर उपमहानगरपालिकाका ५, गढवा गाउँपालिकाका ३, घोराही उपमहानगरपालिकाका २ र एक स्वास्थ्यकर्मीसहित ११ जनाका कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै दाङमा कोरोना संक्रमतिको संख्या २७२ पुगेको छ ।