Indrenionline.com

दाङको क्वारेन्टाइनमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ

दाङ, ३१ जेठ । दाङको एक क्वारेन्टाइनमा मृत्यु भएको व्यीक्तको कोरोना संक्रमण रिपार्ट नेगेटिभ आएको छ ।

शनिवार विहान जिल्लाको बंगलाचुली गाउँपालिकामा क्वारेन्टाइनमा विरामी भएर उपचारका क्रममा मृत्यु भएको माण्डवी गाउँपालिका वडा नं. ४ आपचौरका एक युवकको मृत्यु भएको थियो ।

मृत्यु भएका ती १७ वर्षीय युवाको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो । यी युवा त्यहाँस्थित भुटनेटा क्वारेन्टाइनमा जेठ ११ गतेदेखि वसका थिए भने उनको स्वाब परीक्षणका लागि जेठ २१ गते संकलन गरिएको थियो । उनी त्यही विरामी परेपछि उपचारका लागि बुटवल लैजाने क्रममा शनिवार विहान मृत्यु भएको थियो ।