इन्द्रेणी संवाददाता
दाङ, ३० जेठ । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनमाथि दुव्र्यवहार भएको छ । घोराही—१५ न्युरोड निवासी साजन भण्डारी लगायत दुई तीन जना युवाले अध्यक्ष प्रियासनमाथि दुव्र्यवहार गरेका हुन् । दुव्र्यवहारको नेपाल पत्रकार महासंघले घोरभ्रत्सना गरेको छ । आज महासंघका सचिव भुपेन्द्र वलीले विज्ञप्ति निकाली अध्यक्ष प्रियासनमाथिको दुव्र्यवहार सिंगो दाङको पत्रकारितामाथिको आक्रमण भएको भन्दै भ्रत्सना गरेका छन् ।
स्थानीयले टिप्पर रोकेको सन्दर्भमा पत्रकार सम्मेलन भएकाले आईदिन आग्रह गरेपछि अध्यक्ष प्रियासन आफ्नो जिम्मेवारीलाई मध्यनजर गर्दै सो स्थानमा पुगेका थिए ।
अध्यक्ष प्रियासनले सहमति कायम गर्ने प्रयास गर्दा घोराही—१५ न्युरोड निवासी साजन भण्डारी लगायत दुई तीन जना युवाले अराजकतापूर्ण तरिकाले दुव्र्यवहार गरेका हुन् । यसरी दुव्र्यवहार गर्दा पनि जिम्मेवारीबोध गरेर आफ्नो काममा फर्किएका अध्यक्षलाई त्यसपछि पुनः घोराही उपमहानगरपालिका— १५ का अध्यक्ष रमेश पाण्डेले स्थानीय र टिप्पर सञ्चालकबिच सहमति कायम गराउनका लागि आएर समन्वय गरिदिन आग्रह गरेपछि उहाँ फेरी सो स्थानमा पुगेका थिए ।
आफनो संस्थागत जिम्मेवारी अनुसार काममा खटिएका अध्यक्षमाथि केही अराजक युवाहरुको तर्फबाट भएको यस किसमको दुव्र्यवहारप्रति गम्भिर आपति प्रकट गर्दै दोषिलाई कानुनी कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासन सँग माग गर्दछौं, विज्ञप्तिमा भनिएको छ।
साथै विज्ञप्तिमा चाँडो भन्दा चाँडो दोषिलाई कानुनको कठघरामा ल्याउन माग गर्दै आगामी दिनमा प्रेस स्वतन्त्रता विरोधी यस्ता अराजक गतिविधि नगर्न सचेत गराइएको छ ।