दाङ, १२ जेठ । गरिमा जातको धान नफलेपछि पीडित दाङका किसानले क्षतिपूर्ति पाउने भएका छन् । जिल्लाको देउखुरी क्षेत्रका २७७ पीडित किसानले क्षतिपूर्ति पाउने भएका हुन् ।
उनका अनुसार पीडित किसानले प्रतिकिलो १ हजार ३१५ रुपैयाँका दरले क्षतिपूर्ति रकम पाउनेछन् । गत सिजनमा लमही क्षेत्रका २७४ किसानले लमही नगरपालिका–३ स्थित सनराइज एग्रीकल्चर प्रालिले त्यस क्षेत्रका दुईओटा एग्रोभेटमार्फत गरिमा धानको बीउ वितरण गरेको थियो ।
सो एग्रोभेटबाट खरीद गरेको गरिमा धानको बीउ किसनाले लगाए, तर फल नै नदिएपछि उनीहरू मर्कामा भएका थिए । लगाएको धान नफलेपछि गरिएको अनुसन्धानले गरिमा धानको बीउ नै नक्कली परेको खुल्न आएको थियो । त्यस क्षेत्रका किसानले करीब ८० बिगाहा क्षेत्रफलमा गरिमा जातको धान लगाएका थिए ।