Indrenionline.com

तुलसीपुरमा बैक साताको ३ दिन मात्रै खुल्ने

तुलसीपुर, १ जेठ । दाङको तुलसीपुरमा लकडाउनको संवेदनशिलतालाई मध्यनजर गरेर साताको ३ दिन मात्रै बैक खुल्ने भएका छन् ।

उपमहानगरपालिकामा यस क्षेत्रका विभिन्न वैकर्सहरुसँगको छलफलपछि साताको ३ दिन बैक खोल्ने सहमति भएको हो । ‘आइतवार, मंगलबार र बिहिवार वैकहरु खुल्ने भएका छन्’ लक्ष्मी विकास वैकका म्यानेजर सरोज चौधरीले वताए ।

नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको छलफल कार्यक्रममा सातामा ३ दिन विहान १० वजेदेखि दिउँसो १ वजेसम्म बैक खोल्ने निर्णय भएको हो । बैक खोल्दा अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्ने, मास्क र स्यानीटाइजरको प्रयोग गर्नु पर्नेछ ।