Indrenionline.com

दाङमा दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इन्द्रेणी संवाददाता
दाङ, १ जेठ । दाङमा आज विहीबार सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

लमहीदेखि तुलसीपुरतर्फ जाँदै गरेको ना ३ च ५९४५ नम्बरको पिकअपजिपले तुलसीपुरबाट घोराहीतर्फ आउदै गरेको रा ५ प ३६८८ नम्बरको मोटरसाइकललाई घोराही १० जलौरामा ठक्कर दिएको थियो । जिपको ठक्करबाट मोटरािइकल चालक तुलसीपुर ७ बस्ने ३० वर्षका विशाल थापा मगरको उपचारका क्रममा राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै दुर्घटनामा परी मोटरसाइकलमा सवार तुलसीपुर निवासी १३ वर्षका हक्की पुन घाइते भएका छन् । उनको थप उपचारका लागि कोहलपुर पठाइएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठककर दिने पिकअपका चालक र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना आज विहान साढे ४ बजे भएको थियो ।