इन्द्रेणी संवाददाता
दाङ, २८ बैशाख । खुमबहादुर घर्ती रोजगारीको सिसिलामा कतार र दुवईमा गरी करीव १२ वर्ष वसे । फेरि पनि उनी विदेशै जाने तयारीमा थिए । तर गाउँकै साथीभाइले गाउँमै व्यवसायिक तरकारी खेती गरौं भनेपछि उनले पासपोर्ट थन्काए । खुमबहादुर एउटा पात्र मात्रै हुने । घोराही उपमहानगरपालिका वडा नं. १८ का ६ युवा मिलेर गाउँमै व्यवासयिक तरकारी खेती गरेका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. १३ स्थित वगालेमा ५ विगाह जग्ग लिजमा लिएर टमाटर, काँक्रा, बन्दा, ब्रोकाउली, भिण्डी, गाँजरलगायतका तरकारीको खेती गरेका छन् । जितबहादुरले १४ वर्ष विदेशमा वसेको बताउदै भने, ‘विदेशमा काम वाध्याता हो, त्यो पसिना यहाँ वगाए कसो नहोलय भनेर तरकारी खेती गरेका छौं ।’ अहिले दैनिक वारीबाट सात÷आठ क्वीन्टल काँक्रा विक्री गर्न पाउदा उनीहरुमा उत्साह जागेको छ । आफ्नै घर परिवारसँग वसेर आफ्नै वारीबाट आम्दानी गर्न थालेपछि विदशेको पीडासमेत केही कम भएको उनीहरुको भनाइ छ ।