तुलसीपुर, २१ बैशाख । नेपालगञ्जमा कोरोना संक्रमित भेटिएसँगै तुलसीपुर उपमहानगरपालिकाले अमिलिया नाकामा कडाइ सुरु गरेको छ ।
“आज ८ वटा एम्बुलेन्स र ४ वटा अन्य गाडीका चालक र सहचालकलाई चेतावनी दिएका छौ” केसीले भने । उनका अनुसार पहिलो पटक भएकाले परामर्श गरेर छाडिएको र अर्कोपटकबाट अनिवार्य रुपमा सुरक्षा नअपनाएर गाडी चलाइएको पाइएमा क्वारेन्टाइनमा राखिने समेत चेतावनी दिइएको हो ।
“एम्वुलेन्स र खाद्यान्नका गाडीहरु आइरहन्छन् तर चालकले सुरक्षा नअपनाउँदा समस्या उत्पन्न हुन सक्छ” फुलवारी स्वास्थ्य चौकीका प्रमुख ज्ञानवहादुर वस्नेतले भने ।