शालिकराम मुसाफिर
लहलौरा, १४ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को प्रकोपलाई मध्येनजर गर्दै सरकारले गरेको लकडाउनलाई पूर्ण रुपमारुपमा पालना गर्दै सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता लिनको लागि टोलका वडा अध्यक्षसँग सम्पर्क गर्नुपर्ने तुलसीपुर उपमहानगरपालिका १६ नं. वडा समितिको कार्यालयले सबैमा आग्रह गरेको ।
यस वडामा रहेका जेष्ठनागरिक, विधवा, अपांग तथा दलित बालबालिकाहरुलाई पालो परेको समयमा टोलका अध्यक्षको सिफारिसमा आइतबार र मंगलबारका दिन २५ जनाको दरले वडा समितिको सिफारिस लगेर शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि. तुलसीपुरमा जानको लागि निर्णय भएको वडा अध्यक्ष भूपबहादुर केसीले जानकारी दिए । सामाजिक दुरी कायम गरी वडा कार्यालयका खरिदार राजेन्द्र के.सी. सहजीकरण गरेको उक्त बैठक वडा अध्यक्ष भूप बहादुर के.सीको अध्यक्षतामा सम्पन्न भएको थियो ।