तिर्थराज ज्ञवाली
दाङ, १० बैशाख । दाङको राप्ती गाउँपालिकास्थित सर्बोदय माध्यामिक विद्यालयको क्वारेन्टाईनमा रहेका दुई जनालाई थप केही दिन होम क्वारेन्टीनमा बस्ने गरी घर पठाएको छ ।
काम गर्ने शिलशिलामा संक्रमित भेटिएको जिल्लाबाट पैदल तथा हुलहालमा समाबेश हुदै आएका राप्ती गाउँपालिका वडा नं ९ बरडाडाँका वर्ष ५० का धनबहादुर वि. क. र वर्ष १९ का दिपक विकलाई जिल्ला स्वास्थ्य कार्यालय दाङ र सिसहनिया स्वास्थ्य चौकीको नियमित चेकजाच र आरडिकिटवाट परिक्षण गर्दा कोरना नतिजा नेगेटिभ आएको हुदा घरमै केहिदिन होम क्वारेन्टाइममा बस्ने गरी घर पठाइएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले बताए ।