तिर्थराज ज्ञवाली
देउखुरी, ८ बैशाख । दाङको राप्ती गाउँपालिकामा रहेको सिसहनियाँ उद्योग वाणिज्य संघले गरिव तथा विपन्न वर्ग लाई सहयोग पुग्ने गरी गाउँपालिकालाई राहत सामाग्री हस्तान्तरण गरेको छ ।
राहत सामाग्री हस्तान्तरणको क्रममा गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, वडा अध्यक्षहरु गोवर्धन रावत, बेद प्रसाद चौधरी, विद्याशरण चौधरी, वडा सदस्य विष्णु गुरुङ लगायतले सिसहनियाँ उद्योग वाणिज्य संघलाई धन्यवाद ज्ञापन दिएका थिए ।