दाङ, ७ बैशाख । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाले महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपका कारण अप्ठेरोमा परेका आफ्ना सदस्यहरुलाई राहत दिने भएको छ ।
यसैगरी लकडाउनका कारण आफूसंग भएको रकम सकिएर खर्च धान्न मुस्किल पर्ने अवस्था सिर्जना भएका सदस्यहरुलाई १० हजार रुपैयाँ आपतकालिन सहुलियत कर्जा तत्काल उपलब्ध गराउने निर्णय गरेको छ । कर्जा वापत लिइने उक्त रकम संस्था खुलेको १५ दिनभित्र चुक्ता गर्ने ब्यवस्था गरिएको अध्यक्ष शर्माले जानकारी दिए ।
भिडियो कन्फ्रेन्स मार्फत आइतवार बसेको बैठकले गत चैत्र १२ गतेपछि सदस्यहरुले संस्थामा बुझाउनुपर्ने कुनैपनि रकममा जरिवाना नलिने तर कसैले बुझाउन आएमा बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम छुट दिने निर्णय गरेको छ । संस्थामा तरलता कायम राख्न सबै सदस्यहरुले अन्य बैंक तथा वित्तिय संस्थाहरुमा राखेको रकम अनिवार्य रुपमा संस्थामा बचत गर्ने र त्यसरी जम्मा गरेको बचतमा अन्य वित्तिय संस्थाहरुले दिएको भन्दा एकदेखि डेढ प्रतिशतसम्म बढी ब्याज दिने निर्णय पनि बैठकले पारित गरेको छ ।
युवाहरुको नेतृत्वमा संचालन भइरहेको संस्थामा वेरोजगार युवाहरुलाई लक्षित गरी नेपाल युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय काठमान्डौंको सहकार्यमा सदस्यहरुलाई सहुलियतपूर्ण कर्जा उपलव्ध गराउने,शैक्षिक प्रमाण पत्र धितो राखेर वेरोजगार युवाहरुलाई शैक्षिक कर्जा उपलव्ध गराउने,पेन्सन बचत उपदान बचत,दोब्बर भुक्तानी बचत जस्ता लोकप्रिय बचत कार्यव्रmमहरुको संचालन गर्ने,विभिन्न सामुदायीक विद्यालयहरुमा अक्षयकोषको स्थापना गर्ने लगाएतका कार्यहरु गर्दै आइरहेको छ ।