इन्द्रेणी संवाददाता
दाङ, ५ बैशाख । पूर्वसभामुख कृष्णबहादुर महराले लकडाउनका कारण कोही भोकै सुत्न नपरोस् भन्ने उद्देश्यका साथ १०० वोरा चामल सहयोग गरेका छन् । दिनभरी काम गरेर साँझ छाक टार्नेलाई सरकारले गरेको लकडाउनका कारण छाक टार्न अफ्टेरो परिरहेको वेला महराले जिल्ला प्रशासन कार्यालयको विपद् व्यवस्थापन कोषमा १०० वोरा चामल सहयोग गरेका हुन् ।
विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिदै गएको कोभिड १९ को जोखिमबाट बचाउनका लागि नेपाल सरकारले गएको चैत १० गतेदेखि लगातार लकडाउनको आह्वान गर्दै आएको छ । लकडाउन थपिदै जाँदा न्यून आर्थिक अवस्था भएका र दैनिक मजदूरी गरेर खानेहरुलाई समस्या पर्दै आएको छ ।