Indrenionline.com

अबैध नदीजन्य पदार्थ उत्खनन्मा संलग्न जेसीभी र टिप्पर नियन्त्रणमा

इन्द्रेणी संवाददाता
दाङ, ३० चैत । दाङको प्रहरीले अवैध नदीजन्य पदार्थ उत्खनन्मा संलग्न एक जेसिभि, पाँच टिप्पर र एक मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । लहडाउनको समयको मौका छोपी तुलसीपुरसिथ्त पातुखोलामा अबैध रुपमा गिट्टी, बालुवा उत्खनन् गरिरहेको अबस्थामा यी सवारीका साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Photo File 

प्रहरीको नियन्त्रणमा पर्नेमा रा १ क ६०६८ नम्बरको जेसिभी, ना ८ ख ६५२१ नम्बरको टिप्पर हरेका छन् । त्यस्तै नं. ना ८ ख ७९०७, रा १ ख २१६७, रा १ ख २२२७ टिप्पर र प्र २ ०२०३००१ ख ०९६७ नम्बरको पिटप्पर रहेका छन् । सोही क्रममा अबैध उत्खनन्मा प्रयोग गरिएको रा १ प ५७१७ मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रहरीे जनाएको छ ।

विशेष सूचनाका आधारमा तुलसीपुरबाट खटिएको प्रहरी टोलीले ती सवारीका साधनलाई निइनत्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएको छ ।