इन्द्रेणी संवाददाता
दाङ, २१ चैत । दाङ जिल्ला उद्योग वाणिज्य संघले लकडाउनका क्रममा होम डेलिभरी गर्दै आएको दैनिक उपभोग्य सामग्रीको मूल्य सूची निर्धारण गरेको छ ।
कोभिड १९ को नियन्त्रणका लागि सरकारले दोस्रो पटक चैत १८ गतेबाट २५ गतेसम्म लकडाउन थपेपछि घोराही उपमहानगरपालिका वडा नंं १४ र १५ को समन्वयमा घोराहीका यी दुई वडामा २४ सै घण्टा लकडाउन गर्ने भन्दै दैनिक उपभोग्य सामग्रीको होम डिलिभरी गर्न थालेको थियो ।
यसअघि विहान ६ बजेदेखि ९ बजेसम्म खुल्दै आएका दैनिक उपभोग्य सामग्रीका पसलहरु बन्द गर्दै संघले होम डेलिभरी गरेपछि उपभोक्ताहरुले बजार मूल्यभन्दा डेलिभरीमा ल्याइएका सामग्रीहरुको मूल्य केही महंगो भएको समाजिक सञ्जालमार्फत आलोचना गर्दै आएका थिए ।