Indrenionline.com

प्राध्यापक महराद्धारा राहत कोषमा एक लाख सहयोग

दाङ, २० चैत । तुलसीपुरका एक जना प्राध्यापकले कोराना राहत विषेश कोषमा १ लाख बढी रकम हस्तान्तरण सहयोग गरेका छन् ।

तुलसीपुर उद्योग वाणिज्य संघले स्थापना गरेको कोरोना राहत विषेश कोषमा बिरेन्द्र महराले आज १ लाख ५ हजार ५ सय ५५ नगद सहयोग गरेका हुन् । सहयोग रकम उनले आज हस्तान्तरण समेत गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका ६ हात्तिखौवा निवासी महराले विपद्को समयमा दुःखमा परेका विपन्न तथा समस्यामा परेका नागरिकका लागि एकद्धार प्रणालीमार्फत सहयोग गर्न राहत कोषमा रकम जम्मा गरेको बताए ।