Indrenionline.com

उद्योग वाणिज्य संघको पहलमा घर-घरमा दैनिक उपभोग्य सामग्री

इन्द्रेणी संवाददाता
दाङ, १८ चैत । दाङको घोराहीमा घर-घरमा दैनिक उपभोग्य सामग्रीहरु पु¥याउने व्यवस्था गरिएको छ ।

सरकारले गरेको लकडाउनको समयमा सर्वसाधारलाई दैनिक उपभोग्य समाग्री खरिदमा समस्या भएपछि दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराही उपमहानगरपालिका वडा नंं १४ र १५ को समन्वयमा दैनिक उपभोग्य समाग्रीहरु घरघरमा पु¥याउने व्यवस्था गरेको हो ।

सरकारले घोषणा गरेको लकडाउनलाई कार्यान्वयन गराउन जिल्ला प्रशाुन कार्यालय दाङले जिल्लाका अत्यावश्यक पसलहरु दैनिक विहान ६ बजेदेखि ९ बजेसम्म मात्रै खोल्न दिने गरेपछि आएको असहजतालाई सहज बनाउन मंगलवारदेखि आवश्यकता अनुसार घरघरमा खाद्ययवस्तु लगायतका विभिन्न दैनिक उपभोग्य समाग्रीहरु पु¥याउने व्यवस्था गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले बताए ।