इन्द्रेणी संवाददाता
दाङ, १३ चैत । कोरोना भाइरस फैलना नदिन सरकारले आह्वान गरेको लकडाउनको तेस्रो दिन सर्वसाधारणहरुले पालना गरिरहेको छन् । लकडाउन जनताकै सुरक्षाका लागि भएकाले यो प्रभावकारी बन्दै गएको हो । आज तेस्रो दिन दाङसहित मुलुकका बजारहरु सुनसान छन् । बजारमा अत्यावश्यक व्यवसाय वाहेक अरु सबै बन्द अवस्थामा छन् ।
लकडाउनलाई प्रभावकारी बनाउन प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना समेत परिचालन गरिएको छ । नेपालमा अहिलेसम्म ६ सय बढीको नमुना परिक्षण गरिएको छ भने अहिलेसम्म ३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जसमा एक जना उपचारपछि निको भएर घर फर्किएका छन् भने २ जनाको उपचार भइरहेको छ ।