इन्द्रेणी संवाददाता
दाङ । प्रदेश नं. ५ सरकारले दाङमा १०० वेडको कोरोना विशेष अस्पताल स्थापना गरेको छ । तुलसीपुर उपमहानगरपालिका १७ बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थाको शिक्षण अस्पतालको भवनमा कोरोना विशेष अस्पताल स्थापना गरिएको हो ।
विशेष अस्पतापलमा कार्यरत चिकित्सक तथा कर्माचारीलाई दुई प्रतिशत सेवा सुविधा बढाइएको मन्त्री केसीले बताए । सुरक्षामा खटिनेका लागि ५० प्रतिशत सुविधा बढाइएको छ ।
प्रदेश नंं ५ सरकारले गएको सोमवार वसेको प्रदेश सरकारको मन्त्रिपरिषदको बसेको बैठकले रू. १० करोड रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरिसकेको छ ।