Indrenionline.com

कपुरकोटमा ९ हजार ७०० को स्वास्थ्य परीक्षण

सल्यान, ७ चैत । कर्णाली प्रदेशको प्रवेशद्वार सल्यान कपुरकोटमा गत चैत्र १ गतेदेखि शुरु भएको हेल्थडेस्कमा विहिबार दिउँसोसम्म ९ हजार ७ सय ८५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

कोरोना भाइरसबाट जोगिन र रोगीको पहिचान गर्न भन्दै कर्णाली प्रदेश सरकार र कपुरकोट गाउँपालिकाको समन्वयमा हेल्थडेस्क स्थापना गरिएको छ ।

६ दिनको अवधिमा नाकाबाट प्रदेश भित्रने एक हजार ७ सय ५२ यातायातका साधन रोकेर ६ हजार ७ सय ४५ पुरुष र तीन हजार ४० जना महिलाको जाँच गरिएको डेस्कका फोकल पर्सन देवेन्द्र कुमार सेनले जानकारी दिए । हाल सम्म कुनै पनि कोरोना संग सम्बन्धित लक्षण फेला नपरेको उनले बताए ।