इन्द्रेणी संवाददाता
दाङ, ५ चैत । दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ मा सञ्चालित तरकारी बजारलाई प्लाष्टिकमुक्त घोषणा गरिएको छ ।
घोराही उपमहानगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने अभियानअन्तर्गत उपमहानगरपालिका वडा नं. १५ को अगुवाइ एवं सिमा क्रियशन हाउस्को सहकार्यमा तरकारी बजारलाई प्लाष्टिकमुक्त घोषण गरिएको हो । प्लाष्टिकमुक्त घोषणासँगै उक्त तरकारी बजारमा अबदेखि प्लासष्टकका झोला प्रयोग गर्न पाइने छैन ।