तिर्थराज ज्ञवाली
देउखुरी, ४ चैत ।दाङको राप्ती गाउँपालिकामा विश्व ब्यापी रुपमा समस्याको रुपमा बढ्दै गएको कोरोना भाइरस (कोभिड १९) बाट बच्न र बचाउनका लागि अभियान सुरु गरिएको छ । राप्ती गाउँपालिकाको विपद ब्यवस्थापन समितिको बैठकले पुर्ण सतर्कता अपनाउन विभिन्न अभियान सुरु गरेको हो ।
गाउँपालिकाले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागी गाँउगाउँमा माईकिङ गर्ने, पर्चा पम्पलेट वितरण गर्ने, जनप्रतिनिधि, कर्मचारी मार्फत नागरिकमा जानकारी सन्देश फैलाउने, आम नागरिकले पटक पटक र कार्यालयममा प्रबेश गर्दा राम्रोसंग साबुनपानीले हात धोएर पस्ने, सुरक्षित मास्क लगाउने, आदर भावका लागि हात नमीलाई नमस्कार गर्ने, तातो र सफा खानेकुरा खाने, प्रसस्त तातो पानी पीउने, यदि रुघाँ कासो लागेमा ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्थामा जाने लगायतका क्रियाकलाप कार्यान्वय गर्ने र गराउने निर्णय गरेको छ ।