तुलसीपुर, ४ चैत । तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले विद्यालयमा शिक्षक तथा विद्यार्थीहरुलाई कोरोना भाइरसको संक्रमणबाट सजग रहन अनुरोध गरेको छ ।
विज्ञप्ती जारी गर्दै महाशाखा प्रमुख गौतमले विद्यालयमा अभिभावक भेला, सभा, ठुला खालका वैठक एवम् साँस्कृतिक तथा मनोरञ्जनात्मक क्रियाकलपा नगर्नका लागि अनुरोध गरेका छन् । ‘विद्यालयको नतिजा प्रकाशन गर्नका लागि अभिभावकलाई वोलाएर ठूलो भिडभाड नगर्न अनुरोध गरिन्छ ’ विज्ञप्तीमा उल्लेख छ ।
