काठमाडौं,२६ असार । प्राकृतिक प्रकोप र सुरक्षा संवेदनशिलतालाई प्रमुख कारण देखाउँदै बन्द भएका नेपाल र चीनबीच रहेको व्यापारिक सीमानाका खोल्नका लागि पहल गर्न चिनियाँ सुरक्षा टोली एक्कासी नेपाल पुगेकोछ ।
औपचारिक छलफल र भेटघाटको तालिका नै तय नभई भएको चिनियाँ सुरक्षा अधिकारीहरुको नेपाल आगमनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।