Indrenionline.com

उपभोक्ता सचेतनाका लागि अन्तर सम्वाद

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले उपभोक्ता सचेतनाका लागि अन्तरसम्वाद कार्यक्रम गर्ने भएको छ । विश्व उपभोक्ता दिवसका अवसर पारेर उपभोक्ताको हकहितका विषयमा विभिन्न सञ्चार माध्यमसँग अन्तरक्रिया कार्यक्रम गरिने भएको हो ।

विभिन्न सरोकारवाला निकायसँग समन्वय गरेर कार्यक्रम गरिने उपभोक्ता तथा हित संरक्षण शाखाकी रेवा रावतले जानकारी दिइन् । कोरोना भाइरसको संक्रमणका कारण खुला ठाउँमा कार्यक्रम गर्न नसकिने भएपछि अन्तरसंवाद मार्फत दिवस मनाउन लागिएको पनि उनले वताइन् ।

यसैगरी उपभोक्ताहरुलाई सचेत वनाउनका लागि विभिन्न ठाउँमा होर्डिङ्ग वोर्ड समेत टाँसिने भएको छ । उपभोक्ताहरुलाई सचेत वनाउन सकियो भने मात्रै उनीहरुको हित अनुसार काम हुने भएकोले पनि सचेतना वोर्ड टाँस्न लागिएको उनले वताइन् ।

दिवसको सन्दर्भ पारेर आयोजना गरिएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया शर्मा, इलाका प्रशासन कार्यालयका शाखा प्रमुख श्रीधर टण्डन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विवेक वञ्जारा, उपभोक्ता हित संरक्षण मञ्चका केशव कुमार शर्मा, पत्रकार सुशिल वस्नेत, शरद रेग्मी लगायतले विभिन्न सुझाव दिएका थिए ।