तिर्थराज ज्ञवाली
देउखुरी, २६ फागुन । राप्ती गाउँपालिका ८ मा गुम्बा निर्माण गर्ने उदेश्यले डिपीआर निर्माण गरिएकोमा सोमवार डिपीआरको प्रथम चरणको अवस्थाका वारेमा छलफल गरिएको छ ।
धार्मिक सद्भाव स्थापना गर्नका लागि बौद्ध गुम्वा निर्माण गर्ने उदेश्यका साथ ईसिसिआरसि नेपालले निर्माण गरेको डिपीआर प्रतिबेदनको प्रथम चरणमा छलफल गरिएको हो । छलफलमा करिव २ करोड लागतमा बन्न सक्ने डिपिआरसहित ईसिसिआरसी नेपालले थ्रिडि पीक्चर समेत पेस गरेको छ ।