तुलसीपुर, २२ फागुन । तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख सुर्यवहादुर डाँगीले कोरोना भाइरस (कोभिड–१९) को जोखिम वढ्दै गएको भन्दै सार्वजनिक कार्यक्रम नगर्न अपिल गरेका छन् । साथै त्यस्ता कार्यक्रमका लागि अनुमतिमा रोक समेत लगाएको छ ।
उपमहानगरपालिको कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गरेर श्रमिक महिला दिवस लगायत आयोजना गर्न लागेका सबै कार्यक्रमहरु पनि अर्को सूचना नआउदासम्मका लागि स्थगीत गरिएको समेत विज्ञप्तीमा उल्लेख छ । उनले यसबाट जोगिनका लागि स्वास्थ्यमा सतर्कता अपनाउनका लागि समेत अनुरोध गरेका छन् ।