तुलसीपुर, १७ फागुन । तुलसीपुर उपमहानगरपालिका मावि स्तरीय हाजिरीजवाफको प्रतियोगितामा तुलसी आवासिय मावि प्रथम भएको छ । रेडियो हाम्रो पहुँच र भिक्टोरिया ट्युसन सेन्टरको संयुक्त आयोजनामा शनिबार तुलसीपुरमा भएको प्रतियोगितामा १८ विद्यालयलाई पछि पार्दै तु्लसी आवासीय मावि प्रथम भएको हो ।
प्रतियोगितामा प्रथम हुने तुलसी आवाशिय माविले ७ हजार १ सय ५ शिल्ड र प्रमाणपत्र, द्धितीय हुने ग्यालेक्सी माविले ५ हजार १ सय ५ शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी प्रतियोगितामा तृतिय हुने सम्राट इंलिस बोर्डिङ स्कुलले ३ हजार १ सय ५ शिल्ड र प्रमाणपत्र र सान्त्वना हुने मेरी गोल्ड बोर्डिङ स्कुलले १ हजार १ सय ५ पमाणपत्र प्राप्त गरेका छन् ।