Indrenionline.com

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

इन्द्रेणी संवाददाता
दाङ, १३ फागुन । दाङमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । रा ३ प ५७११ नम्बरको मोटरसाइकल दुर्घटनामा घाइते भएका तुलसीपुर १६ का कृष्णबहादुर डाँगीको मृत्यु भएको छ ।

सोमवार दिउसो लमही–घोराही सडकखण्डको कुलमोडमा मोटसाइकल दुर्घटना भएको घाइते भएका डाँगीको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।