तुलसीपुर, ११ फागुन। तुलसीपुमा रहेको हिमाल एकाडेमीका विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर असहाय बालबालिकाहरूलाई सहयोग गरेका छन्। महाशिवरात्रीको अवसरमा विजौरीमा रहको असहाय सहयोग केन्द्रमा रहेका १७ बालबालिकालाई हिमाल एकाडेमी तुलसीपुरमा रहेको इन्ट्रयाक्ट क्लवका सदस्यहरूले खाजा खर्च बचाएर उनीहरूकै अगुवाईमा सहयोग गरिएको हो।
विद्यालयले स्थापना कालदेखि नै सामाजिक कार्यमा सहयोग पु¥याउँदै आएको र अप्ठेरोमा परेको समुदाय, व्यक्ति, संस्थालाई सहयोग गर्दै आएको र त्यहि अन्तर्गत असहाय बालबालिका–हरूलाई शिवरात्रीको दिन विद्यार्थीको अगुवाईमा सहयोग गरेको विद्यालयका प्रिन्सिपल मधुसुदन केसीले बताए।
उनले विद्यालयले यस्ता सहयोगलाई निरन्तरता दिइरहने बताए। उनले विद्यार्थी खाजा खर्च कटाएर उनीहरूकै अगुवाई विभिन्न समयमा सहयोग गरिराखेको बताए आजको प्रदेश टुडेमा खबर छ।