तुलसीपुर, ७ फागुन । तुलसीपुर उपमहानगरपालिकाले ७० औ प्रजातन्त्र दिवस मनाएको छ । राणाशासनको अन्त्य भएर प्रजातन्त्रको उदय भएको दिनको अवसर पारेर यस्तो दिवस मनाइएको हो ।
स्थानीय सरकारले जनतालाई प्रजातन्त्रको सही अनुभुति गराउनका लागि विकास र समृद्धिमा ध्यान दिएको समेत उनको भनाई थियो । प्रजातन्त्र भनेको जनताले गर्ने स्वतन्त्रताको अनुभुति मात्रै भन्दा पनि मुलुकको समग्र विकास भएको समेत उनको भनाई थियो । विकासको मुल आधारका रुपमा प्रजातन्त्र रहेको समेत उनले वताए ।
कार्यक्रममा विशिष्ट अतिथि नेकपा दाङ्गका अध्यक्ष टिकाराम खड्काले जनताले पूर्ण स्वतन्त्रताको अनुभुति गरेको वताउँदै प्रजातन्त्रले निम्न वर्गका जनताको जीवनस्तर वदल्नमा ध्यान दिनुपर्ने भनाई थियो । समाजमा रहेका निम्न वर्गका जनताले राहतको महसुस गरे मात्रै मुलुकमा प्रजातन्त्र आएको महत्व हुने उनको भनाइ थियो ।
राष्ट्रिय जनमोर्चाका भरत भण्डारीले जनताका विचमा प्रजातन्त्रको अझै अनुभुति हुन नसकेको वताएका थिए । उनले ७० वर्षको अवधिमा उल्लेखनीय रुपमा प्रजातन्त्रले विकासको मुद्दालाई प्राथमिकतामा राख्न नसकेको उनको आरोप थियो ।