Indrenionline.com

दाङका कारागारबाट २० कैदीबन्दीको कैद मिनाह

इन्द्रेणी संवाददाता
दाङ, ७ फागुन । सरकारले ७० औं प्रजातन्त्र दिवसको अवसरमा दाङमा २० जना कैदीबन्दीहरुको कैद मिनाह गरिएको छ । दाङको घोराही र तुलसीपुर कारागारमा आफ्नो सजाय काटिरहेका २० कैदीबन्दीको कैद सजाय मिनाह गरिएको हो ।

जसमा घोराही कारागारबाट १० र तुलसीपुर कारागारबाट १० रहेका छन् । साथै आज दाङमा प्रभातफेरि तथा अन्तक्र्रियाको आयोजना गरी प्रजातन्त्र दिवस बनाइएको छ ।