Indrenionline.com

यूनाइटेड मण्टेश्वरी सातौं वर्षमा प्रवेश

दाङ, ४ फागुन । घोराहीस्थित यूनाइटेड मण्टेश्वरी स्कूल सातौं वर्षमा प्रवेश गरेको छ । स्कूलले शनिवार एक कार्यक्रमको आयोजना गरी सातौं वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले मन्टेश्वरी स्कूलहरुले बालबालिकाको अभिरुचिअनुसार गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ दाङका प्रमुख रामलाल खड्काले मन्टेश्वरी स्कूलले दिदै आएको खेल्दै सिक्दै शिक्षा बालबालिकाको सर्वाङ्गीन विकासका लागि भएको बताए ।

२०६९ सालमा स्थापना भएको यूनाइटेड मन्टेश्वरीले वार्षिकोत्सव कार्यक्रममा वार्षिकोत्सब समारोहमा विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेका थियो ।

मण्टेश्वरी सञ्चालक समितिका अध्यक्ष महेन्द्र बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका शिक्षा निर्देशक केशरमान बुढाथोकी,
विद्यालयका प्रवन्ध निर्देशक लोकबहादुर बुढाथोकी, प्याव्सन दाङका निवर्तमान अध्यक्ष यादव गिरी, पत्रकार पाण्डव शर्मा, विनोद केसी नेपाल पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र वलीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

विद्यालयका प्रिन्सिपल रञ्जना पछाईको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक सुशिला बस्नेतल गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै चेतनामुलक नाटक देखाएका थिए ।