दाङ, ४ फागुन । साल प्रजातिको रुखको बाहुल्यिता रहेको दाङमा सालवनको हैसियत सुधार गर्न पहिलो पटक डिभिजन वन कार्यालय दाङले विशेष कार्ययोजना बनाएर काम शुरु गरेको छ । पत्ल्याउने (थिनिङ कार्यक्रम) को पुरुक कार्ययोजना गराएर दाङका १६ वटा वनको एक सय हेक्टर बढी सामुदायिक वन क्षेत्रमा पत्याउने (थिनिङ कार्यक्रम) शुरु गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
उनका अनुसार वनमा लाथ्रा र पोलको उचित स्टक कायम गरि वोटविरुवा विच प्रतिस्पर्धा कम गर्दै समग्र वनको वृद्धि वढाउनुको साथै गुणस्तरिय वन पैदावार उत्पादनमा टेवा पुर्याउने, वनमा वोटविरुवाको उचित संख्या कायम गरि वनको हैसियतमा सुधार गर्ने, समुदायको वन पैदावारको माग आपुर्ती गर्ने र रोग प्रकोप न्युनिकरण गर्ने तथा साना साइजका सालका रुख (पोल) को वृद्धि विकास गर्न पत्ल्याउने काम शुरु गरिएको हो ।
साल प्रजातीको रुख अधिक प्रकाश चाहिने प्रजाती भएको तथा सानो विरुवालाई उपयुक्त वातावरण दिएर वढाउन भन्दा वढिसकेको वोटविरुवालाई उपयुक्त वातावरण दिदाँ वनलाई चाडै उपल्लो तहमा पू¥याइ छिटो कटान योग्य वनमा परिणत गराउन सहज हुने हुँदा तल वाट पत्ल्याउने ( थिनिङ फर्म विलो) विधिलाई अवलम्वन गरिएको डिभिजनल प्रमुख ज्ञवालीले जानकारी दिए ।
थिनिङ कार्यक्रमले वनको हैसियत सुधार गर्ने, साइज अनुसार प्रतिहेक्टर हुनुपर्ने रुख कायम गर्ने, राम्रा, गुणस्तरीय र उत्पादनसिल रुख राख्न सहयोग पुग्ने विश्वास डिभिजन वन अधिकृत ज्ञवालीको विश्वास छ ।
दाङका १६ वटा सामुदायिक वनको पत्ल्याउने क्रियाकलाप कार्यान्वयनको पुरक कार्ययोजना बनाई डिभिजन वन अधिकृतबाट स्वीकृतपछि कामको थालन गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर के.सीे जानकारी दिए । कार्यक्रम अन्र्तगत फागुन १ गतेदेखि घोराही उपमहानगरपालिकाका अन्र्तगतका बसन्त हरियाली, कालिका र चरिङ्गेदह सामुदायिक वनमा काम शुरु भइसकेको छ । अन्य सामुदायिक वनमा पनि तत्काल काम थालिने सूचना अधिकारी के.सी.ले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय दाङका ८ वटा सव डिभिजन कार्यालय अन्र्र्तगत प्रत्येकमा २÷२ वटा गरी १६ वटा सामुदायिकमा थिनिङ कार्यक्रम गर्न लागिएको छ ।